तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार छत्रेश्वरी गाउँपालिका ४ बाट दाङ तर्फ छुटेको ना ५ ख २८९० नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थीत अरिंगयालेफेदी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई श्रीनगरस्थित कािन्तपुर सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले दिएको जानकारी अनुसार घाइते मध्ये आठ जना उपचार पश्चात घर गईसकेका छन् भने अन्य ५ जनाको उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा शानपा १ निवासी १९ वर्षिय प्रकाश रावत, छत्रेश्वरी ३ निवासी १७ वर्षिय जानकी पुन, दाङ शान्तिनगर ६ निवासी ४५ वर्षिय हिर्मि पुन, दाङ तुलसिपुर ९ निवासी ३७ वर्षिय शारदा चौधरी, तुलसिपुर ३ निवासी ५३ वर्षिय टिका गुरुङ रहेको कान्तिपुर सामुदायिक अस्पतालले जनाएको छ ।

अन्य घाइतेहरुमा छत्रेश्वरी ४ निवासी ६६ वर्षिय वेद बहादुर खत्री, दाङ दंगिशरण ४ निवासी ४३ वर्षिय एकलाल खड्का, दंगीशरण ६ निवासी ४२ वर्षिय उमा पुन, दंगीशरणकै ३ नम्बर वडा निवासि २४ वर्षिय भिमसेन केसी, छत्रेश्वरी ३ निवासी १८ वर्षिय दिपक गिरी, ३१ वर्षिय चन्द्र बहादुर थापा, शान्तिनगर ६ दाङ निवासी ५६ वर्षिय लक्ष्मी खत्री, तुलसिपुर ६ निवासी २० वर्षिय बिनोद बस्नेत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button