तपाईँ सुन्दै हुनुहुन्छः

दोधारा-चाँदनी झोलुङ्गे पुलको मर्मत सम्भार कार्य शनिबारबाट शुरु गरिने

फाइल तस्बिर
कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका र माहाकली नगरपालिकालाई जोड्ने दोधारा-चाँदनी झोलुङ्गे पुलको मर्मत सम्भार कार्य शनिबारबाट शुरू गरिने बताइएको छ ।
पुल मर्मत कार्य सञ्चालनका लागि भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकाका नगर प्रमुख सहित सरोकारवालाहरुको बैठकले शनिबारदेखि पुल मर्मत कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।
महाकाली नदिमा रहेको उक्त झ‍ोलुङ्गे पुलको लम्बाइ एक  हजार चार सय ५२.९६ मिटर र चौडाई १.६ मिटर रहेको छ । विगत लामो समयबाट पुलको अवस्था बिग्रदैँ गइरहेकोले आवतजावत गर्दा कठिनाइ भइरहेको थियो । झुलुङ्गे पुलको भ्रमणका लागि दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकहरु आइरहने गर्दछ्न् ।
पुल मर्मत कार्य सञ्चालन गर्दा केही घण्टा पुलमा आवागमन बन्द गर्ने निर्णय बैठकमा गरिएको छ । पुस ५ गतेसम्म विहान ७ः१५ देखि ९ः१५ बजेसम्म र दिउँसो ११ देखि २ बजेसम्म पुल बन्द गर्ने निर्णय गरिएको बताइएको छ । पुलको मर्मतको काम छिटो सम्पन्न गर्नको लागि राति ८ देखि १० बजेसम्म पनि मर्मत कार्य गरिने उक्त बैठकमा निर्णय भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पुल मर्मतका लागि बजेट विनियोजन गरेको हो । पुलको मर्मत सम्भारका लागि थप बजेट विनियोजनका लागि संघीय सरकार संग पनि माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button