तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

मेलम्ची । बलेफी गाउँपालिका ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आज बलेफी गाउँपालिका ७ स्थित खाडीचौरमा एक कार्यक्रम गरी वडाका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा प्रदान गरिएको हो ।

वडाको बार्षिक कार्यक्रम अनुसार ७० बर्ष काटेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप स्वीटर प्रदान गरिएको वडाध्यक्ष कार्केल लामाले बताउनुभयो । गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले उनीहरुलाई स्वीटर प्रदान गर्नुभयो ।

कार्यक्रममा उपस्थित एक सय ४२ जनालाई स्वीटर प्रदान गरियो । गाउँसरकारका प्रमुखबाट सम्मान स्वरुप न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिकहरु खुसि देखिन्थे ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष केदार क्षत्रीले समुन्नत समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिकालाई सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । ‘हिजो उहाँहरुले समाजका लागि महत्वपूर्ण भुमिका खेल्नुभयो, ज्येष्ठ नागरिक ज्यूदा इतिहास हुन्’, अध्यक्ष क्षेत्रीले भन्नुभयो ।

कार्यक्रममा बलेफी ७ का एक सय तीन बर्षिय खडानन्द पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button