तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक व्यवहार सुधार ऐन २०३३ लाई समय सापेक्ष सुधार गर्नु पर्नेमा विज्ञहरुको जोड

काठमाडौँ । सामाजिक व्यवहार सुधार ऐन २०३३ लाई समय सापेक्ष सुधार गर्नु पर्नेमा विज्ञहरुले जोड दिनु भएको छ । राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले आयोजना गरेको सामाजिक व्यवहार सुधार ऐन २०३३ को विश्लेषणात्मक प्रस्तुति कार्यक्रममा विज्ञहरुले हाम्रा सामाजिक सम्पती र विकृतिहरु के के हुन भन्ने पहिचान गरेर राज्यले सामाजिक व्यवहार सुधार ऐन ल्याउनु पर्ने बताउनुभयो ।

२०३३ सालमा खास वर्गलाई लक्षित गरेर बनेको र कार्यान्वयनमा नै आउन नसकेको सामाजिक व्यवहार सुधार ऐनको कमी कमजोरी बारे बहस गर्नुभन्दा समाजको चलन र रितीरिवाजको प्रतिनिधित्व गर्ने र बिकृति अन्त्य गर्ने गरी कानुन आउनु पर्नेमा उहाँहरुले जोड दिनुभयो ।

छलफलमा नेकपाका नेता एवं सांसद दिनानाथ शर्माले कानुन व्यवहारिक हुनु पर्ने र व्यवहारिक रुपमा प्रयोगमा आउन नसकेका कानुन खारेज हुनु पर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले समाजमा देखासेखी र अरुको प्रभाव बढी पर्ने गरेकाले सामाजिक कार्यहरु गर्दा हुने खर्चलगायतका विषयमा नियन्त्रण गर्न व्यवहारिक हुनेगरी कानुन आउनु पर्ने बताउनुभयो ।

छलफलमा डा। युवराज संग्रौला, हरि रोक्का, विश्वभक्त दुलाल, युवराज लुइटेल सिके लाल, सुरेन्द्र पाण्डे लगायतले सामाजिक, राजनीतिक, आर्थिक र कानूनि पाटोबाट सामाजिक व्यवहार सुधार ऐन २०३३ मा गर्नु पर्ने सुधारबारे धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button