तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा अन्त्यका लागि दीर्धकालीन योजना

काठमाडौँ । सरकारले महिलामाथि हुने हिंसा अन्त्यका लागि दीर्धकालीन योजना बनाउने जनाएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रमबारे जानकारी दिन आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महिलामाथि हिंसा अन्त्य गर्नका लागि दीर्धकालीन योजना बनाइएर बर्षभरिनै अभियाना चलाइने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आगामी मंसिर २२ गते काठमाडौंमा वृहत कार्यक्रम गरिने जानकारी गराइएको थियो ।

नेपाल प्रहरीका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी हिंसाका घटना भएको जानकारी दिँदै त्यस्ता हिंसाका घटना सँधैका लागि अन्त्य गर्न सबै प्रदेश र स्थानीय सरकारले प्रतिवद्धता जनाइसकेको पनि जानकारी दिइएको थियो ।

त्यसै गरी सरकारले आगामी मंसिर २२ गते गण्डकी प्रदेशमा पनि लंगिक हिंसाविरुद्धको अभियानका क्रममा वृहत कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हरेक वर्ष अंग्रेजी महिनाको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभरी नै मनाइदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button