तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्ण पदकको संख्या ३९ पुग्यो,गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले गल्फतर्फ दुई स्वर्ण हात पारेको छ । यससँगै नेपालको स्वर्ण पदकको संख्या ३९ पुगेको छ । १७ वर्षीय सुवास तामाङले व्यक्तिगत इभेन्टमा बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पराजित गरेका हुन् । टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र नीरज तामाङले स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button