तपाईँ सुन्दै हुनुहुन्छः

मर्जपछि देशकै ठूलो बैंक बन्यो ग्लोबल आइएमई बैंक 

काठमाडौँ । नेपालका दुई ठूला बाणिज्य बैंकहरु ग्लोबल आइएमई र जनता बैक एक आपसमा गाभिएर बनेको ग्लोबल आइएमई बैंकले आजबाट एकीकृत वित्तीय कारेवार शुरु गरेको छ ।

यो प्रकृयासंगै गाभिएर बनेको ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । स्थापनाको १३ वर्षमै ग्लोबल आइएमई मर्जर भै देशकै सबैभन्दा ठूलो बाणिज्य बैक बनेको हो ।

यो अवस्थासम्म आइपुग्दा आइएमई बैकमा विभिन्न १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएका छन् ।

मर्जसँगै बैंकको चुक्ता पुँजी १९ अर्ब भन्दा बढी भएको छ भने कूल प्राथमिक पुँजी २४ अर्ब, निक्षेप दुई खर्ब १३ अर्ब, कर्जा एक खर्ब ९४ अर्ब रुपैयाँ र ग्राहकसंख्या २० लाखभन्दा बढी पुगेको छ । यस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन ।

मर्जरको क्रममा दुबै बैकहरु १००ः८५को अनुपातमा मर्ज गर्न सहमत भएका थिए ।

मर्जसंगै नयाँ बनेको बैकको अध्यक्षमा आइएमई समूहका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल रहनु भएको छ भने कार्यकारी अधिकृतमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर रहनु भएको छ ।

यो मर्ज प्रकृया सफल भएसंगै नेपाल सरकारले अघि सारेको चालू आर्थिक बर्षको बजेट र नेपाल राष्ट्र बंैकले अघि सारेको नीतिमा ठूला बैंकहरुको मर्जरको प्रकृयालाई थप पनि अघि बढाउन समेत मद्दत पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button