काठमाडौं । १३औ साग अन्र्तगत आज(शुक्रबार) भएको एथलेटिक्सतर्फ पुरुष पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।
नेपालका गोपीचन्द पार्कीले १४ मिनेट ५६ दशमलव २० सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक हात पारेका हुन् ।त्यसैगरी भारतका सुनिल द्वारले १४ मिनेट ५५ दशमलव २१ सेकेण्डमा निर्धारित दुरी पार गरेर रजत पदक हात पारे ।नेपालकै हरि रिमालले १४ मिनेट ५७ दशमलव शून्य पाँच सेकेण्डमा निर्धारित दुरी पार गरेर कास्य पदक विजयी भए ।