तपाईँ सुन्दै हुनुहुन्छः

सागको छैठौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र पोखरा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेभएको हो ।

आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हनेछ भने कुस्ती जनकपुरमा हुनेछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू २३ को सामना गर्ने छ भने दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।

उता, पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंकामाथि जित निकाल्नै पर्ने दबाब छ ।

यस्तै, आजबाट बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । जुन खेल भने सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button