तपाईँ सुन्दै हुनुहुन्छः

भारत पदक तालिकाको शीर्ष स्थानमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत भारत ५० स्वर्ण ल्याई पदक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

भारतले हालसम्म ५० स्वर्ण, ३५ रजत र १८ कास्यसहित विहीबार देखि भारत प्रथम स्थानमा रहेको छ । नेपाल भने प्रतियोगीता सुरु हँदा देखि नै तालिकाको अग्र स्थानमा रहेपनि विहिबार देखि दास्रो स्थानमा झरेको छ ।

नेपाल ३५ स्वर्ण, २३ रजत र ३३ कास्य पदकसहित दोस्रो स्थानमा छ । श्रीलङ्का १३ स्वर्ण, ३० रजत र ४९ कास्यसहित तेस्रो स्थानमा रहेको छ ।

पाकिस्तान १२ स्वर्ण, १९ रजत र २१ कास्यसहित चौथो स्थानमा छ , बङ्गलादेश चार स्वर्ण, १० रजत र ३६ कास्यसहित पाँचौँ स्थानमा कायमै छ माल्दिभ्स एक स्वर्ण र २ कास्य जित्दै छैटौँ तथा भुटान ६ कास्यसहित पदक तालिकाको अन्तिममा रहेको छ ।

नेपाल (साग) को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् ।

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ ।

यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ । यसअघिका दुवै संस्करणमा भारतले स्वर्ण र नेपालले रजत पदक जितेका छन् ।

सागमा मात्र होइन महिला साफ च्याम्पियनसिपमा पनि यी दुई टोलीबीच नै सबैभन्दा बढी फाइनल हुँदै आएको छ । पाँच मध्ये ४ पटक भारत र नेपालबीच नै फाइनल भएको छ । जसमा भारत सधै विजेता र नेपाल उपविजेता बन्दै आएका छन् ।

यसैबीच महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् ।

भारत्तोलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण जितेकी छिन । पोखरामा भएको प्रतिस्पर्धामा सञ्जुलेस ५९ केजी तौल समुहमा नेपालका लागि स्वर्ण जितिन । सागमा भारत्तोलनमा स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बनेकी छिन ।

नेपालले भुटानलाई एक सय ४१ रनको भारी अन्तरले हराएको छ ।

नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले ।

टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए ।

कीर्तिपुर मैदानमा ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो । पारस अर्धशतकीय पारि खेल्दै आउट भए ।

यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६रन बनाए आउट भएका थिए । तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले १०७ रन बनाए ।

यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।

विहीबारको खेलमा तीन वटा रेकर्ड बनेका छन् । कप्तान मल्लको पहिलो शतक हो भने नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक ठूलो साझेदारी पनि हो ।

यस्तै नेपालले सर्वाधिक धेरै रनको रुपमा रेकर्ड बनाएको छ । जवाफमा भुटान २० ओभरमा ६ विकेट गुमाउँदा ९५ रनमा रोकियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button