तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तथा औद्योगिक उत्पादनको प्रर्वद्धन गर्न रत्ननगर महोत्सव

चितवन । चितवनकै दोस्रो ठूलो महोत्सवको रुपमा चिनिने रत्ननगर महोत्सव २०७६ यही पुष २५ बाट शुरु हुने भएको छ । उद्योग वाणिज्य संघ, रत्ननगरको आयोजनामा स्थानीय उत्पादन, पोल्ट्री एवं औद्योगिक उत्पादनको प्रर्वद्धनका लागि हरेक दुई/ दुई बर्षमा टिकौलीको खुल्ला चौरमा महोत्सव आयोजना गरिदै आएको छ ।

विगतका बर्षभन्दा यस बर्ष गरिने १०आंै महोत्सव अलि फरक किसिमले महोत्सवको आयोजना गरिन लागिएको छ । आज आयोजकले सौराहामा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै संघका अधयक्ष एवं महोत्सव मुल आयोजक समितिका अध्यक्ष राजाराम रेग्मीले महोत्सवमा उद्योग , व्यापार, कृषि पर्यटन तथा स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहांँका अनुसार महोत्सव विगतका बर्षहरुभन्दा फरक रहनेछ । महोत्सवमा यसपटक भारत, पाकिस्तान, भारतका प्रर्दशकहरुको पनि सहभागिता रहनेछ ।

स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यन्वयनको सहयोग परियोजनाको मुल नारासहित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनना अन्र्तगत कृष कार्यक्रमलाई प्राथमिकता दिइने सो अवसरमा बताइएको छ ।

महोत्सवमा यसका अलावा जिल्लाको मौलिक बिशेषता झल्काउने विविध लोक सांस्कृतिक कार्यक्रम, चित्रकला तथा मुर्तिकला प्रतियोगिता प्रर्दशनी समावेश गरिने भएको छ । महोत्सवलाई थप आकर्षण बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने रेग्मीले बताउनुभयो ।

महोत्सवमा सबै स्टल गरी पाँच सय वटा स्टल रहनेछन । करीब पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ५० करोड भन्दा बढी कारोबारको अपेक्षा गरिएको रेग्मीले बताउनुभयो ।

महोत्सवमा १ करोड ६२ लाख खर्च अनुमान गरिएको छ । महोत्सवलाइृ सफल पार्न मुल समिति, स्टेरिङ्ग समिति , सल्लाहकार समिति लगायत ४१ वटा कार्यगत समितिहरु गठन गरी काम अगाडी बढाइएको आयोजकले बताएको छ । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।

पोल्ट्रीको प्रर्वद्धन गर्न पौष २९ देखि चिकेन एण्ड फुड फेष्टिबल
पछिल्लो समय कुखुराको मासु र अण्डाको सही लागत मुल्य किसानले नपाइरहेका बेला यसपटक उद्योग वाणिज्य संघ, रत्ननगरले महोत्सवको अवसरमा सौराहाचोक टांँडीमा ‘चिकेन एण्ड फुड फेष्टिवलको तयारी गरेको छ ।

बजारमा दैनिक मासुको खपत बढाउन र गुणस्तरीय उत्पादन को प्रर्वद्धन गर्न उद्धेश्यले फुड फेष्टिबल’ को आयोजना गर्न लागिएको हो ।

फेष्टिबलका संयोजक एवं संघका पूर्व अध्यक्ष ज्ञान बहादुर विसुरालले पोल्ट्रीको राजधानी चितवनलाई थप प्रर्वद्धन गर्ने उद्धेश्यले र पर्यटन भ्रमणबर्षलाई लक्षित गरी सौराहाचोकमा फेष्टीबलको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

फेष्टिबलमा कुखुराको अण्डा तथा मासुका विभिन्न परिकारसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उहांँले बताउनु भयो । फेष्टिबल पुष ४ गते सम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button