तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस संगठन नेपाल तनहुँको एकता टुङ्गियो

तनहुँ । प्रेस संगठन तनहुँको एकता टुङ्गिएको छ । नारायण खड्काको संयोजकत्वमा ३५ सदस्यीय कमिटी बुधबार गठन गरिएको छ । संगठनको सह–संयोजकमा साने बहादुर नेपाली हुनहुन्छ ।

साविक प्रेस सेन्टर र प्रेस चौतारीको एकताबाट प्रेस संगठन नेपालले गठन भएको हो । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी गठन गरे लगत्तै प्रदेश र जिल्लामा संगठन गठन गर्न निर्देशन दिएको थियो ।

संगठनको सदस्यहरुमा राजुकुमार श्रेष्ठ (बिबी), समुन्द्र पौडेल, कृष्ण न्यौपाने, मदन तिमल्सिना, सूर्यभक्त पौडेल, शिवकुमार श्रेष्ठ, इश्वरीप्रसाद ढकाल, रबिन्द्र कंडेल, लालु थापा मगर, धुर्व सुवेदी, माधव पौडेल, ऋषिकान्त दवाडी, माधव अधिकारि, सागर गिर, सम्झना रसाईली, सुनिता आचार्य, किरण श्रेष्ठ, अस्मिता खनाल, मनोज कुमार श्रेष्ठ, विनोद ढुंगाना, विन्दु वाग्ले, निशा थापा, तिर्थराज खनाल, ज्योति कुमाल, बसन्त पौडेल, सोनिया लगुन, शर्मिला विक, विमला विश्वकर्मा, सबिन लामिछाने, विन्दु नैनाबस्ति, कमलमोहन घिमिरे, भोला थापा र रेखा सापकोटा हुनुहुन्छ ।

कार्यक्रमको अध्यक्षता प्रेस संगठन नेपाल तनहुँका संयोजक नारायण खड्काले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य आशा खनाल रहनुभएको थियो । सो अवसरमा गण्डकी प्रदेश सदस्य आशा खनालले बिना प्रमाण पत्रकारले लेख्न नहुने उहाँले बताउनुभयो । ’पत्रकार स्वतन्त्र छ ।’ प्रमुख अतिथि खनालले भन्नुभयो ’तर जे मन लाग्यो त्यही लेख्न पत्रकारलाई छुट छैन ।’ सम्पुर्ण पत्रकारले निष्पक्ष पत्रकारिता गर्नुपर्ने उहाँले बताउनुभयो । पत्रकारले सबैको समाचार लेख्नुपर्ने उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा नेकपा तनहुँका सहसंयोजक राजेन्द्र केशरी न्यौपाने, नेकपा गण्डकी प्रदेश सदस्य अतिन्द्र केशरी न्यौपाने, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रकाशचन्द्र भट्टराई लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button