तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ सरकारको मुख्यालय परिसरमा प्लाष्टिकको झोला प्रयोगमा निषेध

जनकपुरधाम । प्रदेश नंं २ सरकारको मुख्यालय भएको मधेश भवनमा प्लाष्टिकको झोला तथा व्यागको प्रयोगमा निषेध गरेको छ । सचिव स्तरीय निर्णयवाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मधेश भवन परिसरमा प्लाष्टिकजन्य झोला, व्याग, ग्लास र प्लेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्लाष्टिकको प्रयोगले वातावरण र सौन्दर्यतामा नकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रयोगमा प्रतिवन्ध लगाइएको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

जनकपुर चुरोट कारखाना परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख कार्यालय, ५ वटा अन्य मन्त्रालय, नीति आयोग, मुख्यन्यायाधिवक्ताको कार्यालयका अतिरिक्त, मन्त्रीहरुको आवास सहित अन्य अधिकारीहको आवास क्षेत्र रहेको छ । उक्त परिसर अहिले वातावरणको दृष्टिकोणले निक्कै राम्रो रहेको छ ।

प्लाष्टिकको प्रयोगले शहरको सौन्दर्य बिगार्ने, दुर्गन्ध बढाउने, नकुहिने र यसले वातावरण तथा कृषि उत्पादनमा पनि नकारात्मक प्रभाव पार्ने गरेकोले मन्त्रालयको यस कदमलाई सबैतिरबाट प्रशंसा हुन थालेको छ ।

नेपाल भरि वर्षमा ५६ लाख प्लाष्टिकको फोहोर उत्पादन गर्ने कामकाज भएपनि यसको संकलन तथा प्रशोधन कमै मात्रामा हुने गरेका कारणले अत्यधिक मात्रामा वातावरण विनाश भैरहेको छ भने यसले मानवको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने कामकाज भैरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा पनि प्लाष्टिकको झोला अत्यधिक मात्रामा प्रयोग भैरहेको कारणले पटक पटक ढल जाम हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button