तपाईँ सुन्दै हुनुहुन्छः

रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी

काठमाडौँ । प्रतिनिधी सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा आज पनि रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रह्यो ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधि सम्बन्धि ज्ञान अभिवृद्धिका लागि दक्ष तथा आवश्यक जनशक्ति विकास गर्नुपर्ने, विभिन्न प्रकारका विकिरणले मानव र वातावरणमा पार्न सक्ने असरबाट जोगाउने लगायतका आवश्यक व्यवस्था समावेश हुने गरी विधेयक निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले सरकारले मुलुकमा अध्ययन अनुसन्धानलाई व्यापक र बिस्तार गर्न पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्ने समितिलाई जानकारी गराउनुभयो ।

विज्ञान प्रविधिको विकास तथा बिस्तार गर्न रेडियोधर्मी र दक्षजनशक्तिको व्यवस्थापन महत्वपूर्ण आधार भएकाले रेडियोधर्मी सम्बन्धि विधेयक नियमन आवश्यक भएको पनि शिक्षामन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button