तपाईँ सुन्दै हुनुहुन्छः

कानुन बनेपछि पानीजहाज

पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले नेपालमा पानी जहाँजको कल्पना गर्नुभएको थियो । त्यो कल्पना हाल आएर साकार हुनेक्रममा छ । यस क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय जलमार्गमा चल्ने जहाजका लागि नयाँ ऐन कानुन बनाउने कामले तीव्रता पाएको नेपाल पानी जहाज कार्यालयले जनाएको छ ।

गत फागुन २ गते ललितपुरमा प्रधानमन्त्री ओलीले नै भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहनेगरी ‘नेपाल पानीजहाज कार्यालय’को उद्घाटन गर्दासम्म पनि धेरैलाई नेपालमा पानीजहाँज भाषणमै सीमित हुन्छ कि भन्ने लागेको थियो । तर ललितपुरमा रहेको नेपाल पानीजहाज कार्यालयले भने छिटोभन्दा छिटो पानी जहाज सञ्चालन गर्न नयाँ ऐन निर्माणको काम गरिहेको छ । कार्यलयका कायममुकायम रजिष्टार विपिन राजभण्डारी भन्नुहुन्छ “हामीले धेरै काम गरिरहेका छौं । नतिजा नदेखिँदा केही नभएजस्तो लागेको छ ।”

नेपालमा पानीजहाजसम्बन्धी कानुन २०२७ ले पानीजहाज चलाउन अप्ठेरो भएकाले नयाँ ऐनको आवश्यकता परेको हो । पानीजहाज कार्यालयले विज्ञहरुसँगको लामो छलफलपछि ऐनको मस्यौदा मन्त्रालयमा पेस गरिसकेको छ । नेपाल पानीजहाज कार्यालयका प्रवक्ता बल्लभ विष्ट विभिन्न चरणमा ्छलफल भएर ऐन पारित भएपछि पानीजहाँज सञ्चालन गरिने बताउनुहुन्छ । उहाँका अनुसार पानीजहाज कार्यालय खुलेपछि विभिन्न देशमा पानीजहाजमा काम गर्ने नेपालीहरु समपर्कमा आउन थालेका छन् भने निजी कम्पनीहरु पनि राय लिन आउन थालेका छन् ।

जलमार्गहरुमा आवतजावतका साथै सामान ढुवानीका लागि पानी जहाज चल्न थालेपछि घण्टौ लाग्ने  यात्रा पनि केही मिनेटमै पूरा गर्न सक्नुका साथै अन्तराष्ट्रिय जलमार्गबाट सामान ढुवानी गर्दा कम खर्चिलो हुने देखिन्छ ।

नवनियुक्त भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बसन्तकुमार नेम्वाङले पनि पदवहाली गर्दा चाँडै ऐन बनाएर नेपालमा पानी जहाज चलाएरै छाड्ने बताउनुभएको थियो ।

समुद्रमा नेपाली झण्डावहाक पानीजहाज सञ्चालन गर्न भारत सरकारले पनि सहमती दिइसकेको छ । गत वर्ष नेपाल र भारतका प्रधानमन्त्रीहरूबीच भएको औपचारिक भेटवार्तापछि जारी गरिएको १२ बुँदे संयुक्त वक्तव्यमा नेपाल भारतबीच जलमार्गको विकास गर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

पानीजहाज सम्बन्धी नयाँ ऐन बनेपछि पानीजहाज कार्यालयले एक महिने सूचना निकालेर राष्ट्रिय तथा अन्तराष्ट्रिय पानीजहाजहरु दर्ताका लागि आह्वान गर्नेछ । कार्यालयले मापदण्ड पूरा भएका पानीजहाजलाई सञ्चलनका लागि अनुमती दिन सक्नेछ । पानीजहाज सरकार आफैले खरिद गरेर वा नीजि संस्थामार्फत् पनि सञ्चलन गर्न सक्नेछ । कानुनत : जलमार्गहरुमा आवतजावतका साथै सामान ढुवानीका लागि पानी जहाज चल्न थालेपछि घण्टौ लग्ने यात्रा पनि केही मिनेटमै पूरा गर्न सक्नुका साथै अन्तराष्ट्रिय जलमार्गबाट सामान ढुवानी गर्दा कम खर्चिलो हुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button