तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित दुई पक्राउ

सल्यान । सल्यानमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध अफिम सहित दुई जनालाई बागचौर नगरपालिका ५ बांगेलाखुरीबाट पक्राउ गरेको हो ।

रुकुमबाट काठमाडौँ जाँदै गरेको बसमा लुकाई छिपाई आगु औषध लगिदै गरेको गोप्य सूचनाका आधारमा बसमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट दुई किलो ४८ ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका ७ कजेरीका २८ वर्षिय झक्कुप्रसाद बोहरा र बस चालक बागचौर नगरपालिका १० पिपलनेटाका ४५ वर्षि टेकम प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बस चालक शर्माको झोलामा कालो प्लाष्टिकमा पोको पारी चालक सिटमाथि ¥याकको डिक्कीमा लुर्का ल्याएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय थारेमारेको हिरासतमा राखी थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button