तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबार नेपाली बजारमा घट्यो सुनको भाउ

काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।बुधबार प्रतितोला ७२ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ सयले घट्दै ७२ हजार रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य घटेको छ । आज प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८६५ रुपैयाँमा कारोबार भैरहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button