तपाईँ सुन्दै हुनुहुन्छः

भुटानमाथि नेपालले दियो २ सय ३७ रनको चुनौती

काठमाडौ । १३ औं सागअन्तर्गत नेपालले भुटानमाथि २ सय ३७ रनको विशाल चुनौती पेश गरेको छ । कप्तान ज्ञानेन्द्र मल्ल्को सतकीय पारीसँगै नेपालले विशाल स्कोर खडा गरेको हो । कप्तान मल्लले मल्लले टी ट्वान्टीमा पहिरो सतक प्रहार गरेका हुन् ।  ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन्। ज्ञानेन्द्रले ५  चौका र ९ छक्का प्रहार गरे। उनी १०७ रन हानेर आउट भए । यसअघि पूर्वकप्तान पारस खड्काले टीट्वान्टीमा सतक प्रहार गरेका थिए।

नेपालको यो स्कोर अहिलेसम्मकै बढि हो ।  नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए। अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन हाने। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे।  भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button