तपाईँ सुन्दै हुनुहुन्छः

बिप्लव सम्बद्ध युवा नेता पोस्टर सहित पक्राउ

बागलुङ । प्रतिबन्धीत नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी ने.क.पा का एक युवा नेता बागलुङबाट पक्राउ परेका छन् ।

जिल्लाको गल्कोट नगरपालिका भयरखर्क निवासी २१ बर्षिया रमेश अविरल भनिने सहल सुनारलाई प्रहरी नायब निरिक्षक अनुप केसी सहित ५ जना सादा पोसाकको प्रहरीको टोलीले बिप्लव सम्बद्ध पार्टीका पोष्टर पम्पलेट सहित पक्राउ गरेको हो ।

सुनार बिप्लव सम्बद्ध युवा सघंका जिल्ला सचिव रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनार बारे थप अनुसन्धान गरिने बागलुङका प्रहरी नायब उपरिक्षक झबिन्द्र भट्टराईले जानकारी दिनुभयोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button