तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन कार्य र प्रणाली तुलनात्मक रुपमा सुधार हुँदै गएको छ : नियोक


काठमाडौँ । निर्वाचन कार्य र प्रणाली तुलनात्मक रुपमा सुधार हुँदै गएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले जनाएको छ ।

यहि मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आज काठमाडौमा आयोजित कार्यक्रममा नियोगका उपाध्यक्ष प्राध्यापक कपिल श्रेष्ठले तुलानात्मक रुपमा मतदाता र मतदान अधिकृतहरु परिपक्व हुँदै गईरहेको र आचारसंहिताको पालनामा पनि सुधार आएको बताउनुभयो ।

प्रतिवेदनले निर्वाचनलाई थप विश्वसनिय र पारदर्शि बनाउन मतदाता शिक्षा कार्यक्रम समन्वयात्मक ढंगबाट अघि बढाईनुपर्ने, मतदाता नामावलीको नियमित अद्यावधिक, छरिएर रहेका निर्वाचन सम्बन्धि विभिन्न कानुनहरु एकिकृत गर्नुेपर्ने, निर्वाचन पर्यवेक्षण सम्बन्धि कार्य सहज बनाईनुपर्ने र निर्वाचन अभियानको खर्चको शुद्धता कायम गर्नुपर्ने जस्ता सुझाव दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button