तपाईँ सुन्दै हुनुहुन्छः

स्कुटरलाई ठक्कर दिई तीन वर्षदेखि फरार बस चालक पक्राउ

तनहुँ । स्कुटरलाई ठक्कर दिई तीन वर्षदेखि फरार बस चालकलाई जिल्ला परहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । २०७३ कात्तिक १७ गते विहान ७ः३० बजेको समयमा जिल्लाको म्याग्दे गाउँपालिका वडा नं. ३ स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौलीतर्फ आउदै गरेको ना ४ ख ४०१८ नं. को बसले दमौलीबाट पोखरा तर्फ जादै गरेको ग ४ प ८८६६ नं. को स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

उक्त दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक व्यास नगरपालिका वडा नं. ११ बस्ने २५ वर्षीय भिम दुलाल र पछाडि सवार सोही स्थान बस्ने २९ वर्षिया ममता दुलाल घाईते भएका थिए ।

घाईते मध्ये ममता दुलालको उपचारको शिलशिलामा दुर्घटनाको १० दिनपछि २०७३ कात्तिक २७ गते मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको थियो ।

स्कुटर लाई ठक्कर दिने बसको चालक भने म्याग्दे गाउँपालिका वडा नं. ३ बस्ने ३४ वर्षीय थमन भुजेल थिए । उनि स्कुटरलाई ठक्कर दिई तीन वर्ष देखि फरार थिए ।

सवारी ज्यान मुद्दाका बस चालक थमन भुजेल माथि तनहुँ जिल्ला अदालतको २०७४ मंसिर १२ गतेको फैसलाले एक वर्ष ११ महिना आठ दिन कैद ठहर भएको थियो ।

फरार रहेका बस चालक भुजेलको खोजतालसको क्रममा गत आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो ।

भुजेललाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button