तपाईँ सुन्दै हुनुहुन्छः

धेरै स्वर्ण नेपालको हातमा ,साइक्लिङमा पहिलोपटक नयाँ रेकर्ड

काठमाडौं । दक्षिण एसियाली खेलकूद (साग)मा नेपालले बुधबार नयाँ रेकर्ड राखेको छ । साइक्लिङमा पहिलोपटक स्वर्ण जितेको छ। गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ राजेश मगरले स्वर्ण जिते भने महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण हात पारिन् । योसँग नेपालले २७ स्वर्ण पदक बटुलिसकेको छ ।

डाउनहिल साइक्लिनिङमा नेपालले कूल पदक भने ५ वटा जितेको छ । पुरुषमा स्वर्णसहित तीन र महिलामा स्वर्णसहित दुई पदक हात पारेको हो ।

यसअघि १० हजार मिटर महिला एथलेटिक्समा नेपालले इतिहासमै पहिलोपटक मंगलबार स्वर्ण हात पारेको थियो ।

Image may contain: 3 people

हेर्नुहोस् अहिलेसम्म कसले कति पदक जिते ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button