तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा तीर्थयात्री बोकेको पिकअप दुर्घटना : दुई जनाको मृत्यू, १४ घाइते

महोत्तरी । महोत्तरीमा तीर्थयात्री बोकेर फर्किदै गरेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ५ मा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा १४ जना तीर्थयात्री घाईते भएका छन् ।

गढिमाई मन्दिरको दर्शन गरेर फर्किदै गरेको ना २ च ८८५५ नम्बरको पिकअप दुर्घटना हुँदा मृत्यु हुनेमा धनुषाधाम नगरपालिकाका सकुन्तलादेवि महतो र भारत जयनगर घर भएका तनिया देवि महतो रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
घाईते सबै जनाको बर्दिवास स्थित शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार भैरहेको छ ।
बिहान ४ बजे यात्रु बाहक पिकअप अनियन्त्रीत भई सडकबाट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ । पिकअप चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button