तपाईँ सुन्दै हुनुहुन्छः

शस्त्र प्रहरीमा इन्सपेक्टर र असई पदमा जागिर खुल्याे (विज्ञापनसहित)

काठमाडौं । प्रहरी भएर देशको सेवा गर्ने योजनामा रहेका युवाहरुलाई सशस्त्र प्रहरीमामा नया भर्ना खुलेको छ । आज बुधबार १८ गते पहिलो पटक गोरखापत्रमा सूचना राख्दै स शस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र स शस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिरको आह्वान गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले जारी गरेको विज्ञापनमा इन्सपेक्टर पदका लागी ५८ जना र असई पदका लागि २३९ जना माग गरेको हो । खुल्ला प्रतिष्पर्धामा समाबेसी तरिकाले पदपूर्ति गरिनेछ । आगामी पुस १७ गते सम्म उक्त पदको लागी दर्खास्त दिन सकिनेछ ।

गोरखापत्रमा जारी गरिएको सूचनामा सम्पूर्ण विवरण हेर्नुहोस ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button