तपाईँ सुन्दै हुनुहुन्छः

चौथो झम्सिखेल सडक महोत्सव हुँदै

ललितपुर । झम्सिखेल युथ क्लबको आयोजनामा यही मङ्सिर २१ गते श्निवार “चौथो झम्सिखेल सडक महोत्सव २०७६ “हुने भएको छ ।

झम्सिखेलको पर्यटन प्रवर्धन गर्न तथा सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने नेपाल सरकारको अभियानलाई टेवा पु–याउन सडक महोत्सव आयोजना गर्न लागिएको मंगलबार महोत्सव बारे जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयोे ।

झम्सिखेल युथ क्लबले हरेक चार–चार वर्षमा आयोजना गर्ने सडक महोत्सव, यसअघि २०६४, २०६८, तथा २०७३ मा सम्पन्न भएको थियो । नेपाल भ्रमणवर्ष २०२० को पूर्व सन्ध्यामा हुन गइरहेकाले यस पटकको महोत्सव थप सान्दर्भिक रहेको, क्लबलका प्रवक्ता कौशल घिमिरेले बताउनु भयो । महोत्सवको उद्घाटन गृहमन्त्री रामबहादुर थापाबाट हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

महोत्सवमा चर्चित लोकदोहोरी गायकहरुको प्रस्तुति साथै रक कनसर्ट तथा हास्य कलाकारहरुको प्रस्तुति समेत रहने छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका स्टलहरु राखिने र महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा हुन गैरहेको महोत्सवमा विभिन्न देशका झण्डाहरु राखिनुका साथै महोत्सवलाई प्लास्टिक रहित बनाउन जोड दिइएको घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button