तपाईँ सुन्दै हुनुहुन्छः

आइएफआरसीको महासचिव पदमा चापागाईं चयन

काठमाडौँ-विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को महासचिव पदमा जगन चापागाईं छानिनुभएको छ । उहाँले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुनेछ । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागार्इं सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।

देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् । आइएफआरसीको मङ्गलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिनुभएको आइएफआरसीले मङ्गलबार जनाएको छ ।

उहाँले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो । आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागार्इं महासचिव पदमा छानिनुभएको बैठकमा जानकारी दिनुभएको थियो । यसअघि सो पदमा इलाड सई कार्यरत हुनुहुन्थ्यो ।

विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button