काठमाडौं । करातेको कुमिते ६७ केजी समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८–२ ले हराउँदै स्वर्ण जितेकी हुन् ।
उनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन खातुनलाई १०–२ ले हराएकी थिइन् । करातेमा नेपालको यो नबौं स्वर्ण हो। यो संगै नेपालको स्वर्ण संख्या २१ पुगेको छ ।