२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं साग अपडेट : श्रीलंका विरुद्ध नेपालको खराव सुरुवात

रेडियो नेपाल २०७६ मंसिर १७ गते १४:३३

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष टि-ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध ब्याटिङ गरिरहेको छ ।पुरुष क्रिकेटः श्रीलंका विरुद्ध नेपालको खराव सुरुवात

कीर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले खराव सुरुवात गरेको छ । नेपालले ८ ओभरमा ३ विकेटको नोक्सानीमा ५४ रन बनाएको छ ।

नेपालले पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ सेखलाई सस्तैमा गुमाएको छ । पारस १ रनमै पेभेलियन फर्किए भने आरिफ १९ रनमा आउट भएका छन् । ज्ञानेन्द्रले २१ रन बनाए ।

सम्बन्धित