तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले जित्यो उसुमा दुई स्वर्ण

उसुकाे थाउलोमा  नेपालले जित्यो दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

मंगलबार बिहान लगनखेलस्थित आर्मी कभर्ड हलमा भएको उसुको थाउलोमा पुरुषतर्फ विजय सिंजालीले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् भने महिलातर्फ सुस्मिता तामाङले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जिते हात पारेकी हुन् ।

थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button