तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको पोल्टामा डुवाथोलनमा स्वर्ण र रजत दवै पदक

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत डुवाथोलनमा नेपालले स्वर्ण र रजत दवै पदक जितेको छ ।

मंगलबार पोखरामा जारी प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन् ।

हिमाल र लक्ष्मणले सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २.५ किलोमिटर दौड पुरा गर्दै पदक हात पारेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button