तपाईँ सुन्दै हुनुहुन्छः

विशेष आर्थिक क्षेत्रमा उद्योग खुल्ने क्रम शुरु

भैरहवा । मुलुकको एक मात्र विशेष आर्थिक क्षेत्र सेज भैरहवामा उद्योग खुल्ने क्रम शुरु भएको छ ।

विशेष आर्थिक क्षेत्र भैरहवाले उद्योग सञ्चालनका लागि अनुमति लिएका २२ उद्योगहरु मध्ये हालसम्ममा तीन उद्योग सञ्चालनमा आएका छन भने ३ उद्योगले सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, मेशिन जडान लगायतका काम गरिरहेको सेज भैरहवाले जनाएको छ ।

हाल सञ्चालनमा आएका उदोगहरुमा शक्ति मिनरल्सले निर्यात गर्न शुरु गरिसकेको छ र हाल सम्म ५० लाखको निर्यात गरेको छ भने भिस्टार ग्लोबल प्रालि र एलइडी बल्ब उत्पादन गर्ने कम्पनीले उत्पादन गरी निर्यातको लागि आवश्यक प्रक्रियामा रहेको सेजका सूचना अधिकारी सुन्दर थापाले जानकारी दिनुभयो ।

त्यसै गरी सेज भैरहवामा पन्चकन्या, एस प्लास्टिक र जय बुद्ध मेटल क्राफ्टले पूर्वाधार निर्माण गरिरहेका छन । सेजकमा विद्युतीय मोटर साइकल निर्माण कम्पनीले पनि एदोग सञ्चालनको प्रर्खाइमा रहेको छ ।

सो उद्योगका लागि २ मेघावाट विद्युत चाहिने भएकोले विद्युतको उपल्ब्धताको अभावमा उद्योग सञ्चालन गर्न आनकानी गरिरहेको छ । सेज भित्र विद्युत शव स्टेशन नबन्दा उद्योग सञ्चालन गर्न उद्योगीहरुले कम चासो देखाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button