तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा धानको क्षेत्र विस्तार भएपनि पानी अभावका कारण उत्पादनमा कमी

वीरगज । पर्सामा यस वर्ष धानको क्षेत्र विस्तार भएपनि पानी अभावका कारण उत्पादनमा कमी आएको छ । गत बर्षको तुलनामा यस वर्ष दुई हजार ५० हेक्टर बढी क्षेत्रफलमा धान रोपाई भएपनि गत वर्षको तुलनामा यस वर्ष एक हजार चार सय मैट्रिक टन धानको उत्पानमा हस आएको छ ।

गत वर्ष पर्सामा ४५ हजार हेक्टर खेतबाट दुई लाख २७ हजार २५० मैट्रिक टन धान उत्पदान भएकोमा यस वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतिबाट दुई लाख २५ हजार आठ सय ४० मैट्रिक टन मात्र धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।

धानको बिरुवामा गाँज हाल्ने बेलामा पानी नपरेको हुँदा उत्पादनमा कमी आएको कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख डा. रामचन्द यादवले जानकारी दिनुभयो । गत वर्ष प्रति हेक्टर ५.०५ मेट्रिक टनको दरले धान उत्पादन भएकोमा यसबर्ष उत्पादन घटेर प्रति हेक्टर ४.८ मैट्रिक टन उत्पादन भएको यादवले बताउनुभयो ।

धानको बिउ रोपाईका बेला आएको बाढी र समयमा मलखाद नपाउँदा यसको असर उत्पादनमा परेको यादवले बताउनु भयो । पर्सामा कुल ५० हजार ४६ हेक्टर खेतियोग्य जमिन रहेको छ ।

अन्नको भण्डार रुपमा चिनिने तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा आवश्यक सिचाई तथा मलखादको व्यवस्था सरकारले गर्न सके उत्पादन बढने र खाद्यान्नमा परनिर्भता घटने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button