तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षित मातृत्व सम्बन्धी अधिकार सुनिश्चितताका लागि महिला सचेत हुनुपर्नेमा सरोकालाको जोड

काठमाडौँँ । संविधानमा महिलाहरुका लागि व्यवस्था गरिएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चितता गर्न सबैभन्दा पहिले महिला स्वयं नै ससुचित हुनुपर्नेमा सरोकारवालाको जोड छ ।

मिडवाईफ्रि सोसाईईटी अफ नेपालले आज काठमाडौंमा आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रममा संस्थाका अध्यक्ष डा. लक्ष्मी तामाङले सुरक्षित मातृत्व तथा प्रजनन अधिकारका विषयमा कानुनी तथा नीतिगत व्यवस्था भएपनि महिला स्वयंम सचेत नहुदा उनिहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित भईरहेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सहभागि स्थानिय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मि लगायत महिला अधिकारकर्मिहरुले सुरक्षित मातृत्व र प्रजनन अधिकार सुनिश्चित गर्न ग्रामिणस्तरसम्म सचेतना कार्यक्रम र दक्ष प्रसुतिकर्मि पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सुधार आएको तथ्याँकहरुले देखाएपनि अपेक्षाकृत सुधार हुन नसकेको मिडवाईफ्रि सोसाईईटी अफ नेपालका कार्यक्रम संयोजक जीता बरालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button