तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, हेर्नुहोस तालिकासहित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् ।

No photo description available.

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष पदमा विजयी हासिल गरेको हो ।

समाजवादीका उम्मेदवारले चार र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले तीन वडाध्यक्ष पदको नतिजा आफनो पक्षमा पार्न सफल भए । नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेशसभा सदस्य एक पद जितेको छ भने एकजना स्वतन्त्र उम्मेदवार प्यूठानमा वडाध्यक्षमा विजयी भएका हुन् ।

No photo description available.

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न कारणले रिक्त भएका ५२ पदमा अव नयाँ जनप्रतिनिधिको प्रवेश भएको छ । सिट सङ्ख्याका आधारमा उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा खासै असर नगरे पनि जनप्रतिनिधि छनोटको आधारमा भने केही फेरबदल भएको छ ।

अघिल्लो निर्वाचनजस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेका छन् । प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ मा नेकपाले जित दोहो¥याएको छ भने कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट सिट सङ्ख्या बढाएको छ ।

No photo description available.

बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख जितेर कांग्रेसले प्रमुखको सङ्ख्या बढाएको छ । नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका तीनवटै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचनबाट सात महिला, सात मधेशी, १८ आदिवासी जनजाति र एक अल्पसङ्ख्यकको चयन भएको छ ।

 

                                       प्रेस विज्ञप्‍ति

 

उपनिर्वाचनको अन्तिम परिणाम ।

काठमाडौं, मंसिर १६गते

संवत् २०७६ साल मंसिर १४ गते सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना कार्य सम्पन्‍न भएको छ । उपनिर्वाचनको अन्तिम परिणाम देहाय बमोजिम रहेको छ ।

(क) प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम

सि.नं. जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचित उम्मेदवारको
नाम थर प्राप्त मत राजनीतिक दल
1. कास्की निर्वाचन क्षेत्र नं २ विद्या भट्टरार्इ २४३९४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ख) प्रदेश सभा सदस्यको निर्वाचन परिणाम

सि.नं. जिल्ला प्रदेश सभा सदस्य निर्वाचित उम्मेदवारको
नाम थर प्राप्त मत राजनीतिक दल
1. भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) कृष्णलाल भडेल १३४४९ नेपाली काँग्रेस
२. बागलुङ निर्वाचन क्षेत्र नं २(२) खिमविक्रम शाही ११२३५ राष्ट्रिय जनमोर्चा
३. दाङ निर्वाचन क्षेत्र नं ३ (२) विमला कुमारी खत्री २४२८६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ग) स्थानीय तह उपमहानगरपालिका प्रमुखको निर्वाचन परिणाम

सि.नं. जिल्ला स्थानीय तहको नाम पद वडा नं. निर्वाचित उम्मेदवारको
नाम थर प्राप्त मत राजनीतिक दल
सुनसरी धरान उ.म.न.पा. प्रमुख तिलक राई 26709 नेपाली काँग्रेस

(घ) स्थानीय तहका गाउँपालिका अध्यक्षको निर्वाचन परिणाम

सि.नं. जिल्ला स्थानीय तहको नाम पद वडा नं. निर्वाचित उम्मेदवारको
नाम थर प्राप्त मत राजनीतिक दल
पाँचथर फाल्गुनन्द गा.पा. अध्यक्ष विर बहादुर कुरुम्वाङ ५३६९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
संखुवासभा मकालु गा.पा. अध्यक्ष तेज बहादुर पोख्रेल ३०१८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
महोत्तरी पिपरा गा.पा. अध्यक्ष विक्रम चौधरी ३२४९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ङ) स्थानीय तहका गाउँपालिका उपाध्यक्षको निर्वाचन परिणाम

सि.नं. जिल्ला स्थानीय तहको नाम पद वडा नं. निर्वाचित उम्मेदवारको
नाम थर प्राप्त मत राजनीतिक दल
हुम्ला खार्पुनाथ गा.पा. उपाध्यक्ष रुपा शाही १४५४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ग) स्थानीय तहका वडा अध्यक्षको निर्वाचन परिणाम

सि.नं. जिल्ला स्थानीय तहको नाम पद वडा नं. निर्वाचित उम्मेदवारको
नाम थर प्राप्त मत राजनीतिक दल
पाँचथर फिदिम न.पा. वडा अध्यक्ष गजा धर भटराई 1446 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
पाँचथर हिलिहाङ्ग गा.पा. वडा अध्यक्ष 7 तिल बिक्रम इधिङगो 842 नेपाली काँग्रेस
मोरङ धनपालथान गा.पा. वडा अध्यक्ष नारायण प्रसाद साह १७०१ नेपाली काँग्रेस
सुनसरी धरान उ.म.न.पा. वडा अध्यक्ष जीवन राज सुवेदी 622 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
संखुवासभा खाँदवारी न.पा वडा अध्यक्ष भरत कुमार घिमिरे 796 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
भोजपुर पौवादुङ्‍मा गा.पा. वडा अध्यक्ष जितेन्द्र राई 691 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
खोटाङ साकेला गा.पा. वडा अध्यक्ष 3 शिवकला राई 391 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
सप्तरी छिन्नमस्ता गा.पा. वडा अध्यक्ष 7 प्रमिला देवी यादव 540 राष्ट्रिय जनता पार्टी नेपाल
सिरहा कल्याणपुर न.पा. वडा अध्यक्ष 12 दिलिप कुमार यादव 825 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१० महोत्तरी वलवा न.पा. वडा अध्यक्ष 2 विपिन पजियार सुडी 461 नेपाली काँग्रेस
११ महोत्तरी वलवा न.पा. वडा अध्यक्ष रामबाबु महतो ६५९ समाजवादी पार्टी
१२ महोत्तरी मटिहानी न.पा. वडा अध्यक्ष राम बाबु नायक 375 राष्ट्रिय जनता पार्टी नेपाल
१३ सर्लाही हरिपुर्वा न.पा. वडा अध्यक्ष श्याम बाबु राय 347 समाजवादी पार्टी
१४ रौतहट गढीमाई न.पा. वडा अध्यक्ष 2 दीपेन्द्र श्रेष्ठ 771 नेपाली काँग्रेस
१५ बारा बारागढी गा.पा. वडा अध्यक्ष सुरेश प्रसाद चौधरी 749 समाजवादी पार्टी
१६ पर्सा सखुवा प्रसौनी गा.पा. वडा अध्यक्ष 5 रुपलाल कुमार यादव 1031 समाजवादी पार्टी
१७ रामेछाप उमाकुण्ड गा.पा. वडा अध्यक्ष 5 कुल बहादुर बस्नेत 769 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१८ सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा अध्यक्ष केदारनाथ आचार्य 712 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१९ काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा अध्यक्ष देव प्रसाद कोइराला 867 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२० काठमाडौं दक्षिणकाली न.पा. वडा अध्यक्ष शिवभक्ति वलामी 618 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२१ चितवन भरतपुर म.न.पा. वडा अध्यक्ष १६ अमृतराज हमाल 3183 नेपाली काँग्रेस
२२ चितवन खैरहनी न.पा. वडा अध्यक्ष 4 देव बहादुर बस्नेत 1138 नेपाली काँग्रेस
२३ चितवन खैरहनी न.पा. वडा अध्यक्ष 5 प्रतिमा कार्की 842 नेपाली काँग्रेस
२४ लमजुङ सुन्दरबजार न.पा. वडा अध्यक्ष नविन कुमार श्रेष्ठ 989 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२५ बागलुङ बडिगाड गा.पा. वडा अध्यक्ष ढाल प्रसाद शेरचन 704 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२६ नवलपरासी (वर्दघाटसुस्ता पूर्व) बौदीकाली गा.पा. वडा अध्यक्ष खिम बहादुर थापा खरु मगर 367 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२७ गुल्मी रुरुक्षेत्र गा.पा. वडा अध्यक्ष 6 गिरी प्रसाद सिंजाली 802 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२८ कपिलवस्तु शिवराज न.पा. वडा अध्यक्ष १० मन्जु मिश्र 868 राष्ट्रिय जनता पार्टी नेपाल
२९ अर्घाखाँची मालारानी गा.पा. वडा अध्यक्ष 3 शोभाखर खनाल 1159 नेपाली काँग्रेस
३० प्यूठान प्यूठान न.पा. वडा अध्यक्ष मुक्ती पोख्रेल 1127 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३१ प्यूठान ऐरावती गा.पा. वडा अध्यक्ष द्रोण प्रसाद पाण्डे ६९६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३२ प्यूठान ऐरावती गा.पा. वडा अध्यक्ष भिमेश कुमार घर्ती मगर ८५५ स्वतन्त्र
३३ रोल्पा थवाङ गा.पा. वडा अध्यक्ष जनक बहादुर बुढामगर 174 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३४ दाङ घोराही उ.म.न.पा. वडा अध्यक्ष 16 तारा बहादुर डि.सी. 1218 नेपाली काँग्रेस
३५ बाँके कोहलपुर न.पा. वडा अध्यक्ष राम शरण थारु 800 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३६ सल्यान कुमाख गा.पा. वडा अध्यक्ष 5 धर्मे बुढाथोकी 792 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३७ बाजुरा त्रिवेणी न.पा. वडा अध्यक्ष मन राजे बुढा 367 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३८ अछाम मेल्लेख गा.पा. वडा अध्यक्ष 5 रमेश बहादुर खडका 778 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३९ डोटी आदर्श गा.पा. वडा अध्यक्ष राम बहादुर बोहरा 668 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४० कञ्चनपुर पुनर्वास न.पा वडा अध्यक्ष कृष्ण बहादुर तामाङ्ग 528 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४१ बैतडी सुर्नया गा.पा. वडा अध्यक्ष गजेन्द्र बहादुर चन्द 219 नेपाली काँग्रेस
४२ बैतडी पुर्चौडी गा.पा. वडा अध्यक्ष 4 शैलेन्द्र धानुक 663 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४३ बैतडी दोगडाकेदार गा.पा. वडा अध्यक्ष 4 सुरेन्द्र प्रसाद भट्ट 584 नेपाली काँग्रेस

 

उपनिर्वाचनमा विजयी सम्पूर्ण सदस्यज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । उपनिर्वाचनलाई सफलतापूर्वक सम्पन्‍न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

 

(राजकुमार श्रेष्ठ)

सहसचिव एवं प्रवक्ता

प्रतिक्रिया राख्नुहोस्

Back to top button