तपाईँ सुन्दै हुनुहुन्छः

२५ केजी लागुऔषध चरेससहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसे चोकबाट २५ केजी लागुऔषध चरेससहित दुई जना पक्राउ गरेको हो ।

प्रहरीचौकी भैसेबाट प्रहरी निरिक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले पालुङबाट हेटौडातर्फ आउँदै गरेको बा. २५ प ८७८३ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्याङकी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा चरेस बरामद गरेको हो ।

प्रहरीले लागु औषध चरेससहित भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नम्बर–२ बस्ने २५ वर्षिय राजेश यादव र सोही स्थानका १८ वर्षिय ऋषिकुमार यादवलाई पक्रउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।

लागूऔषध चरेससहित निजहरूले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button