तपाईँ सुन्दै हुनुहुन्छः

उपचार सेवा नलिँदा अकालमै ज्यान गुमाउछन एचआइभी संक्रमित

तनहुँ । एचआइभी संक्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् ।

तनहुँमा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा ३७ जनाले संक्रमतिले विभिन्न कारणले ज्यान गुमाएका छन् । समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा र टीबीका कारणले धेरै संक्रमितको मृत्यु भएको पाइएको छ ।

दमौली अस्पतालको तथ्याङ्कअनुसार हालसम्म तीन  सय २८ जना एचआइभी सङ्क्रमित छन् । गत आर्थिक वर्ष २०७५र७६ को अन्तिम सम्म ३ सय १२ जना रहेको र जसमा १ सय ५० जना पुरुष, १३ जना बालक,एक  सय ३५ जना महिला, १३ जना बालिका र एक  जना तेस्रो लिङ्गि रहेको छ । गत साउन देखि कात्तिक सम्ममा १६ जना संक्रमित थपिएको अस्पताल जनाएको छ ।

महिला पुरुष गरि ८८ जना एचआइभी सङ्क्रमित सबैभन्दा बढी सङ्क्रमित व्यास नगरपालिका क्षेत्रमा छन् । त्यस्तै रिसिङ गाउँपालिकामा ३० जना एचआइभी संक्रमित रहेका छन । त्यस्तैगरी ६६ जना एकपटक सेवा लिन अस्पताल आएर पछि नआएका छन । जसमा २९ जना पुरुष, चार जना बालक, २८ जना महिला र पाच जना बालिका रहेको दमौली अस्पतालले जनाएको छ ।

रोजगारीका लागि छिमेकी भारत लगाएत अन्य देश जाने केहि पुरुषहरु एचआइभी सङ्क्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण सङ्क्रमितको सङ्ख्या बढेको जिल्ला स्वाथ्य कार्यालय तनहुँले जनाएको छ ।

बढीजस्तो रोजगारीका लागि भारत संगै अन्य देशतिर जान्छन् । सङ्क्रमितका छोराछोरीसमेत प्रायः सङ्क्रमित हुने अवस्था देखिएको दमौली अस्पतालकी ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) काउन्सिलर सुस्मिला खनालले बताउनुभयो ।
“हाम्रो नेपालि समाजले एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक छ’ काउन्सिलर खनालले भन्नुभयो ’सचेतनाको पनि कमि भएको कारण धेरैले औषधि प्रयोग तथा एचआइभी परिक्षण नै नगर्ने गरेका छन ।’

उहाँका अनुसार आर्थिक अभाव हुने सङ्क्रमितहरु उपचारमा खर्च लाग्ला भनेर पनि सेवा लिन नआउने गरेको देखिन्छ । जिल्लामा सङ्क्रमितमध्ये अहिले २ सय ७ जनाले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर खनालले बताउनुभयो ।

अझै ठुलो संख्यामा सङ्क्रमित रहेको तर उनीहरु खुलेर समस्या नभन्ने र उपचार लिन नआउने गरेको उहाँले बताउनुभयो । “समाजले भेदभाव गर्ने गरेका कारण सङ्क्रमित फेरि गाउँ छाडेर फर्कने र समस्या लुकाएर राख्ने गरेका छन् ।’ खनालले भन्नुभयो ’जिल्ला अस्पताल दमौलीमा एक मात्र एआरटी केन्द्र हुँदा विकट गाउँपालिकामा रहेका सङ्क्रमितलाई सहजरूपमा औषधि दिन सकिएको छैन ।”

सरकारले एचआइभी सङ्क्रमितका लागि जिल्लाका सम्पूर्ण स्वास्थ्यचौकीसम्म औषधिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा रहेका एचआइभी सङ्क्रमितलाई विभिन्न सङ्घसंस्थाले काम गर्दै आए पनि त्यसको खासै प्रभाव परेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button