तपाईँ सुन्दै हुनुहुन्छः

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई तेस्रो स्वर्ण

काठमाडौँ । तेक्वान्दोका कमल श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई तेस्रो स्वर्ण पदक दिलाएका छन् ।

कमलले तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् ।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button