तपाईँ सुन्दै हुनुहुन्छः

कास्की २ मा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई विजयी

 पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार   हुनुभएको छ ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल भन्दा आठ हजार चार सय नौ मतान्तरले नेकपा उम्मेदवार भट्टराई विजयी हुनुभएको हो ।

उहाँले २४ हजार तीन सय ९५ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार पौडेलले १५ हजार नौ सय ८६ मत प्राप्त गर्नुभयो ।

अहिले मतगणना सकिएको छ । तर, यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । औपचारिक घोषणा हुन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

कुल ७१ हजार आठ सय ७१ मतदाता रहेको कास्कीमा २ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार पाच सय ६३ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button