तपाईँ सुन्दै हुनुहुन्छः

माहाकाली नगरपालिकाद्वारा छाडा पशुचौपाया व्यवस्थापनमा ध्यान केन्द्रित

?????????????????????????????????????????????????????????

कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ ।

गतवर्ष पनि छाडा पशुचौपाया व्यवस्थापनका लागि नगरपालिकाले करिव चालिस लाख रकम विनियोजित गरेर आधा जति रकम खर्च गरेपनि दीर्घकालीन समाधान नभएपछि चालुआर्थिक वर्षमा कडाइका साथ जाने माहाकाली नगरपालिकाका नगर प्रमुख बीरबहादुर सुनारले बताउनुभयो ।

नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि काञ्जी हाउस बनाउने र घरपालुवा पशुचौपायालाई ट्याग लगाउने कार्य शुरु गरेको नगर प्रमुख सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरपालुवा पशुचौपाया जथाभावी रुपमा छोड्ने कार्य गर्ने र ट्याग लगाउन नदिने परिवारलाई दुई हजार रुपैयाँ भन्दा माथि जरिवाना र स्थानीय तहबाट दिइने सेवासुविधामा रोक लगाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button