तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा नेकपाकी उम्मेदवार बिमलाको अग्रता

घोराही । दाङ निर्बाचन क्षेत्र नम्बर ३ (२) मा नेकपाकी उम्मेदवार बिमलाकुमारी खत्री (वली) ले अग्रता लिनुभएको छ ।

आज बिहान ९ बजेदेखि जारी मतगननामा वलीले दुई हजार सात सय ४३ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार केशबराज शर्माले एक हजार नौ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा अन्तर्गतशनिबार भएको मतदानमा ४५ हजार सात सय १८ मत खसेको थियो । घोराहीस्थित जिल्ला समन्वय समितिको हलमा अहिले मत गणना जारी रहेको छ ।

यसअघि पनि बाम गठबन्धनका उम्मेदवार उत्तरकुमार वलीले २३ हजार मत प्राप्त गरेर नेपाली काँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीलाई हराउनुभएको थियो । अहिलेसम्म ६६ मत बदर भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button