तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङमा चारवटा स्काभेटरमा आगजानी

खोटाङ ।  खोटाङमा चारवटा स्काभेटरमा आगजानी भएको छ । निर्माणस्थलमा राखिएको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको स्काभेटरमा शनिबार राती आगजानी भएको हो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड कालोपत्रेका काम गरिरहेको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको स्काभेटरमा आगजनी भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको लप्सेखोला र पंखुखोलाबीचमा राखिएका तीनवटा र चखेवाभन्ज्याङबाट २ किलोमिटर भोजपुरतर्फ राखिएको एकवटा स्काभेटर जलाइदिएको कम्पनीका प्रतिनिधि आङसाङगे शेर्पाले बताए ।

प्रतिनिधि शेर्पाका अनुशार पेट्रोल हालेर जलाइएका चारवटै स्काभेटर कामै नलाग्ने अवस्थामा रहेको छ । प्रतिगोटा ९० लाख पर्ने स्काभेटर पूर्णरुपमा जलेर नष्ट हुँदा लाखौँको क्षत्ती भएको छ । ‘आगजनी कसले गरेको हो’ भन्ने खुल्न सकेको छैन् । स्काभेटर आगजनीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।

आगजनीका कारण जलेर कामै नलाग्ने अबश्थामा रहेको स्काभेटर

प्रतिक्रिया राख्नुहोस्

Back to top button