तपाईँ सुन्दै हुनुहुन्छः

आमसञ्चार तथा पत्रकारिता विषयतर्फ सर्वाेत्कृष्ठ के.सी.लाई स्वर्णपदक

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आगामी मंसिर २७ गते नवौं दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।

विश्वविद्यालयको दीक्षान्त समारोहबाट रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. स्वर्णपदकसहित सम्मानित हुनुहुने भएको छ ।

विभिन्न विधामा स्नातक र स्नातकोत्तर तह पूरा गर्ने विद्यार्थीहरुलाई दीक्षित गर्ने कार्यक्रम अन्तर्गत विश्वविद्यालयले स्नातकोत्तर तहको आमसञ्चार तथा पत्रकारिता विषयतर्फ सर्वाेत्कृष्ठ के. सीलाई स्वार्णपदकले सम्मान गर्न लागिएको हो ।

आमसञ्चार तथा पत्रकारिता विषयमा ३ दशमलव ७६ सिजिपीए प्राप्त गरी सर्वाेत्कृष्ठ के.सीले विज्ञान विषयमा स्नातक र शैक्षिक योजना तथा व्यवस्थापनमा स्नातकोत्तर उपाधि प्राप्त गरिसक्नुभएको छ ।

सन् २०१७ को आमसञ्चार तथा पत्रकारिता विषयतर्फ काठमाडौंस्थित कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनबाट सर्वाेउत्कृष्ठ हुन सफल रेडियो नेपालका नायव कार्यकारी निर्देशक के.सी २७ बर्षदेखि रेडियो नेपालमै कार्यरत हुनुहुन्छ ।

विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका अन्य विधामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नवौं दीक्षान्त समारोहबाट सम्मानित हुने विद्यार्थीहरुको नामावली विश्वविद्यालयले आफ्नो वेबसाइट puexam.edu.np मा प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button