तपाईँ सुन्दै हुनुहुन्छः

थवाङको वडाध्यक्षमा नेकपा विजयी

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो ।शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी हुनुभएको छ ।

यहाँले १७४ मत पाप्त गर्नुभयो । यो वडामा कुल मतदाता १२८४ थिए । तर,२०९ मत  अर्थात १६।४ प्रतिशत मात्रै खसेको थियो ।बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button