तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुनर्वास ३ मा ७७.०६४ प्रतिशत मतदान

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा आज शनिबार भएको उपनिर्वाचनमा जम्मा ७७.०६४ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

जम्मा एक हजार एक सय ९९ जना मतदाता रहेकोमा पुरुष ३९० जना र महिला ५३४ जना गरी जम्मा ९२४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

उहालभे मतदान सकिएसंगै मतगणनाको तयारी भइरहेको र आजै राति ८ बजेदेखि पुनर्वास नगरपालिकाको सभाहलमा मतगणना शुरु गरिन जानकारी दिनुभयो । उप निर्वाचनको सुरक्षाका लागि करीब तीन सयजना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

गोरखा आधारभूत विद्यालयमा आज शनिबार भएको मतदानमा नेपाल सरकारका खानेपानी मन्त्री बिना मगर, सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङलगायतका जनप्रतिनिधिहरुले पनि मतदान गर्नुभएको थियो ।

बिहान ७ बजेर २७ मिनेट देखि साँझ ५ बजेसम्म भएको मतदान कार्यक्रममा तत्कालीन जिल्ला विकास समितिका पुर्व सदस्य क्षेत्र लामाले पहिलो मतदान गर्नुभएको थियो ।

वि.संं. २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्ण बहादुर तामाङ, नेपाली कांग्रेसका दीप बहादुर तामाङ, समाजवादी पार्टीका भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही उम्मेदवार रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button