तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा शान्तिपूर्ण रुपमा मतदानजारी, ४ बजेसम्म ७१ प्रतिशत मत खस्यो

अछाम । अछाम जिल्लाको मेल्लेख गाउपालिका ५ बिन्धेबासिनीमा वडा अध्यक्षको लागि भएको निर्वाचनमा दिउसो ४ बजेसम्म ७१ प्रतिशत मतदान भएको छ ।

दुई वटा मतदान स्थलबाट दिउसो ४ बजेसम्म एक हजार तीन सय ५५ मत खसेको मूख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले बताउनुभयो । वडा नम्बर ५ मा जम्मा एक हजार नौ सय चार जना मतदाता रहेका थिए । मतदान शान्तिपूर्ण रुपमा भएको छ ।

२०७४ असार १४ गते भएको निर्वाचनबाट नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामबहादुर बोहराको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विरबहादुर बोहरा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट रमेश बहादुर खड्का प्रतिष्पर्धामा छन् ।

मतदान सकिने बित्तिकै सर्वदलिय बैठक गरेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत जोशीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button