तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुनर्वास ३ मा राखिएका दुईवटा शंकास्पद वस्तु निष्कृय

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा भइरहेको उपनिर्वाचनलाई लक्षित गरी मतदान स्थलभन्दा करीब २०० मिटर पुर्व-उत्तर पट्टी सडक किनारमा भेटिएको झोला भित्र राखिएका दुईवटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
कालो झोला भित्र तार जडित भाँडामा राखिएको २ वटा विष्पोटक वस्तु नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलीले भेटेेेेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेपछि आएको सेनाको टोलीले दिउँसो सवा दुई बजेतिर दुईवटै वस्तु निष्कृय पारेको सशस्त्र प्रहरी उपरीक्षक वीर बहादुर शाहुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button