तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा मतदान जारी, अहिलेसम्म ४६ प्रतिशत मत खस्यो

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको पौवादुम्मा गाउँपालिकाको वडा नम्बर १ श्यामशिलामा बिहानबाट जारी वडा अध्यक्षको उपनिर्वाचनमा एक बजेसम्ममा ४६ प्रतिशत मतदान भएको छ ।

कुल मतदाता एक हजार छ सय १६ जना रहेको वडा नम्वर १ श्यामशिलामा अहिलेसम्म सात सय ७१ जनाले मतदान गरिसकेका छन । बिहान साँढे ७ बजेबाट शुरु मतदान कार्यक्रम शान्तिपूर्णरुपमा भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष पदको लागि नेकपाको तर्फबाट जितेन्द्र राई, नेपाली काङग्रेसको तर्फबाट समरबहादुर कार्की र मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईको उमेदवारी परेको छ ।

उपनिर्वाचनमा एक हजार छ सय १६ जना मतदातामध्ये आठ सय ९२ महिला र सात सय ७४ जना पुरुष रहेका छन ।

कडा सुरक्षाको बीच भएको मतदानमा ८२ बर्षीया बृद्धा धनमाया राईले पनि मतदान गरेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button