तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनक रुपमा मतदान गर्दै (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।

Image may contain: one or more people, sky and outdoor
धुलिखेल- २ मतदानस्थल

 

धुलिखेल नगरपालिका : २ सेतीदेवी मावि रविओपीमा वडा अध्यक्ष पदका लागि शनिवार भएको उपनिर्वाचनमा मतदानस्थलमा खटिएका कर्मचारीको सहयोगमा मतदान गर्दै ज्येष्ठ नागरिक ।
भरतपुर महानगरपालिका वडा नं १६ स्थित माध्यामिक विद्यालय ढडडाघारीमा मतदान गर्न मतदातालाई रिक्सामा ल्याइँदै ।
बाँकेको कोहलपुर वडा नं ६ मा भइररहेको उपनिर्वाचनका क्रममा मतदानस्थलमा खटिएका कर्मचारी र मतदान गर्न पुगेका मतदाता ।
Image may contain: 7 people, people smiling, people standing and outdoor
धुलिखेल- २ मतदानस्थल

 

कपिलवस्तु शिवराज नगरपालिका वडा न १० को मतदान
कास्कीको मतदान
Image may contain: 2 people, people standing
धुलिखेलमा मतदान गर्दै मतदाता
कास्कीमा विवेशिलबाट उम्मेदवारकी उम्मेदवार उठेकी उम्मेदवार

नेकपाकी उम्मेदवार विद्या भट्टराई मतदान गर्दै
खानेपानी मन्त्री विना मगर मददान गर्दै
काभ्रेको धुलिखेल, जहाँ वडा नं. २ को वडा अध्यष पदका लागि निर्वाचन भइरहेको छ
पोखराको एक मतदानस्थल नजिकै वम विस्फोट भएको छ । वम विस्फोटबाट कुनै क्षती भएको छैन । अहिले त्यहाँ निर्वाचन पुन?सुचारु भइसकेको छ ।

कास्की निर्वाचन क्षेत्र नं। २ प्रतिनिधिसभा सदस्य निर्वाचनको पोखरा १७ स्थित पार्दी मावि केन्द्रमा शनिवार विहान छोरा अर्जुन भण्डारीको सहायताले मतदान गर्दै ज्येष्ठ नागरिक ९७ बर्षीय टंककुमारी भण्डारी ।
प्रदेशसभा सदस्यको रिक्त पदमा भएको उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका– २, दुवाकोटमा मतदान गर्दै ७७ वर्षीय हरिप्रसाद पोखरेल ।
कास्की क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि कर्मचारी एवम पार्टी प्रतिनिधिसँग नाम रुजु गराउँदै मतदाता ।
कास्की क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय मतदान केन्द्रमा गोप्य मतदान गर्र्दै मतदाता ।
भक्तपुरमा प्रदेशसभा सदस्यको रिक्त पदमा भएको उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका– २, दुवाकोट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
दाङ क्षेत्र नं ३ प्रदेश (ख) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७बmउस बजेबाट मतदान गर्न लाइनमा बसेका मतदाता ।

तस्बिरः रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button