२०७९ साल साउन २३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बालक्लव नै बालविवाहको माध्यम !

नृपेन्द्रवहादुर मल्ल २०७६ मंसिर १४ गते १२:५४

फाइल तस्बिर

रारा । मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् । उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन् । बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक देखाउन गाउँ–गाउँमासँगै पुगेर उनीहरु बालविवाह नगर्न गाउँका धेरैलाई सचेतना दिँदै हिँडिरहेका हुन्छन् । अरुलाई सचेतना गर्न हिँडेका यी दुवै आखिर गएको चैतमा १४ र १५ वर्षकै उमेरमा बालविवाह गर्न पुगे ।

कानूनविपरीत उमेर नपुग्दै विवाह गर्नुहुन्न थाहा पाएर पनि बालविवाहविरुद्ध सडक नाटक देखाउन गाउँतिर सँगै हिँडेका बेला माया बसेपछि मोबाइलमा कुराकानी हँुदै थाहै नपाई विवाह गर्ने सहमति भई आफूहरु घरबाट भागेको सीताले बताइन् । “सडक नाटकको अभियानमा सँगै नहिँडेको भए सायद विवाह हँुदैनथियो कि रु” छिरिङले भने । विवाह गरेसँगै सीताले आफ्नो पढाइ छाडेर एक/दुई महिनामा आमा बन्दै छिन् भने छिरिङ आफूले पढाइलाई निरन्तरता दिने बताएका छन् ।

अरुलाई बालविवाह गराउनु हुन्न भन्दै हिँडेका तिनै बालबालिकाको दुई÷तीन दिनमै बिहे गर्न भनी भागेको सुनिएको यो मात्रै पहिलो घटना होइन । पहिले पहिले सानै उमेरमा बाबुआमाले बिहे गरिदिएको देखिन्थ्यो, अहिले बाबुआमाले प्रायः विवाह गरिदिन छाडेका छन् । उनीहरु आफै जोडी बन्छन् । अहिले तालीम, गोष्ठी र सेमिनार नै बालबालिकाको जमघटको थलो र मायापिरतीको चौतारी बन्ने गरेको छ ।

मोबाइल र सामाजिक सञ्जाल फेसबुकले पनि बालविवाह बढेको मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीगाउँका स्थानीयवासी पेमातोर्चे लामा बताउनुहुन्छ ।

बालविवाह गर्ने जोडी प्रायः बालक्लबमा रहेका पदाधिकारी नै छन् । विद्यालय र समुदायमा आधारित दुई समूहमा गैरसरकारी सङ्घसंस्थाले बालक्लब गठन गरी उनीहरुलाई बालअधिकार, बालविवाह न्यूनीकरण र विभिन्नखाले क्षमता अभिवृद्धिका तालीम, गोष्ठी, समेनिर, छलफल, बैठक सञ्चालन गर्ने गरेको देखिन्छ । तर, गैरसरकारी संस्थाले गरेका यस्ताखाले क्रियाकलाप उनीहरुको निश्चित समयावधिका लागि औपचारिकता मात्र निभाएको पाइन्छ । ती संस्थाहरु निश्चित समयमा कार्यक्रम गर्छन्, हिँड्छन् यस्ताखाले कार्यक्रमको नियमित अनुगमन र थप कार्यक्रममा जोड नदिँदा केही समयका लागि सञ्चालन गरेका तालीम, गोष्ठी, बैठक र विभिन्न खाले अभियानले बालविवाह न्यूनीकरणमा खासै प्रभाव नपरेको महाकाली नमूना माध्यमिक विद्यालयका प्रधानध्यापक देवबहादुर मल्लको भनाइ छ ।
जिल्लाभर बालविवाह गर्ने जोडीको सङ्ख्या के–कति छ भन्ने तथ्याङ्क सरकारी निकाय र बालबालिकासम्बन्धी काम गर्ने कुनै पनि गैरसरकारी संस्थासँग छैन ।

जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी बालविवाह हुने सदरमुकाममा रहेको छायाँनाथ रारा नगरपालिका मानिन्छ । त्यसपछि क्रमशः मुगुम कार्मारोङ, सोरु र खत्याड गाउँपालिकामा पनि बालविवाह हुने गरेको छ । जिल्लामा बालअधिकार र बालविवाह न्यूनीकरणका लागि जिल्लामा आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था कार्यरत छन् ।

उनीहरुले आफ्नो कार्यक्रम निश्चित समयका लागि गर्छन्, त्यसपछिको अनुगन र निरन्तरता दिने काम स्थानीय सरकार तथा अन्य निकायले गर्नुपर्ने हो । गैरसरकारी संस्था महासङ्घ मुगुका शाखाका अध्यक्ष सुरेन्द्र मल्लले गैरसरकारी संस्थाले गरेका क्रियाकलापलाई स्थानीय तह र अन्य निकायले निरन्तरता नदिँदा बालविवाह घट्न नसकेको बताउनुभयो ।रासस

सम्बन्धित