तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीको दुई स्थानमा बम विष्फोट

पोखरा । कास्कीको दुई स्थानमा बम विष्फोट भएको छ । आज विहान करिब ७ बजेर ४५ मिनेटमा कास्कीको वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द् नजिकै बम विस्फोट भएको कास्की प्रहरीले जनाएको छ । वडा नं ९ को नवप्रभात मावी केन्द्र परिसरमा पनि बिस्फोट भएको छ ।

शान्ति मावि मतदान मतदान केन्द्र भन्दा केहि टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ । सो निर्वाचन क्षेत्र समाजवादी पार्टीका उमेदवार ईन्जिनियर धर्मराज गुरूङले मतदान गर्ने केन्द्र समेत हो ।

मतदातालाई त्रसित गराउनका लागि विष्फोट गराएको भन्दै प्रहरीले निधक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेको छ । विष्फोटपछि सुरक्षा व्यवस्था झन कडा बनाइएको छ । बम विष्फोटपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button